वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक दम्पत्ती पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।

विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका  वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा  र उनकी श्रीमती  सजना थिङ् लामा  रहेको प्रहरीले जनाएको छ । उनलेहरु वैदेशिक रोजगारको सिलसिलामा  वर्किङ भिषामा लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर  २४ लाख  २० हजार ठगी गरी गरेर फरार भएका थिए । उनीहरुले ठगी गरेको भन्दै रामेछाप नगरपालिका–६  स्थित ओख्रेनी वस्ने  नविन कुमार तामाङ सहित ४ जना पीडितले दिएको उजुरीको आधारमा  महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित  सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनीहरुले पीडितलाई लावस र भारतको दिल्ली सम्म पुर्याई अलपत्र पारी  फरार भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *