अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता,कार्तिक १३ गते।
सप्तरीको पूर्वी सीमाको रुपमा रहेको सप्तकोशी नदीको पश्चिमी तटबन्धमा मंगलबार पुनः अजिङ्गर भेटिएको छ। कोशीको बगरमा गाईवस्तु चराउन गएका गोठालोहरुले घर फर्किने क्रममा तटबन्धमा मंगलबार राति करिब ८ बजेतिर अजिङ्गर फेला पारेका थिए। उनीहरुले लगत्तै हनुमाननगरस्थित इलाका प्रहरी कार्यालयलाई जानकारी दिएका थिए। प्रहरीले करिब १५ किलोग्राम तौलको अजिङ्गर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। अजिङ्गर हनुमाननगर इलाका प्रहरी कार्यालयमा ल्याएर राखिएको र आवश्यक प्रकृया पूरा गरी डिभिजन वन कार्यालयलाई बुझाइने प्रहरीले जनाएको छ। गत शनिबार जिल्लाको दक्षिण पूर्वी तिलाठी कोइलाडी गाउँपालिका–१ खरोखोलामा सात फिट लामो अजिङ्गर फेला परेको थियो।