सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । २० जनाको भने उद्धार गरिएको उनले बताए । उनीहरूलाई उपचारका लागि बनेपा अस्पतालमा पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए ।दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *