बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको सडक खण्ड अवरुद्ध

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक १८ गते।

बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले स्थानीयले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेको बताए । बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेसक्याम्पमा छलफल चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिए ।बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेका स्थानीयले प्रमुख जिल्ला अधिकारीको आग्रहमा सडक खुलाएका थिए । तर वार्ता चलिरहेका बेला स्थनीयले फेरि सडक अवरुद्ध पारेका हुन् ।राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका लागि छुटेका र आउदै गरेका दर्जनौ सवारीसाधनहरु राजमार्गमा नै रोकिएका छन् । सयौं यात्रु अलपत्र परेका छन् ।आफन्तले मृतकको शव समेत उठाएका छैनन् । घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव सडकमै छ भने उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका मानबहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *