भारतमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या

अनलाईन न्युजपाटी, कार्तिक १९ गते।

एजेन्सी: भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ । सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भयो । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइते भएका छन् । पुलिसले ती व्यक्ति हमलाकर्ता भएको शंका गरेको छ ।इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारले भने, ‘घटनाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हमलाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिए । आगोले नराम्रोसँग जलेका कारण विजयाको मृत्यु भयो जबकी उनी जलिरहेको देखेर बचाउन पुगेका उनका कार चालक पनि घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ । पुलिसले भन्यो, ‘उनको स्थिती सुध्रिएपछि घटनाका आरोपी को हो भनेर स्पष्ट हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *