ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादी ८ वर्षपछि पक्राउ

अनलाईन न्युजपाटी, काठमाडौँ, समाचारदाता, कार्तिक १९ गते।

ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई धादिङ प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस-१ का चन्द्र बहादुर तामाङ रहेका छन् । २०६९ साल असार २२ गते नेत्रावती डबजोङ गाउँपालिका-३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा तामाङसहित ३ जनालाई अदालतले १०/१० वर्षको कैद फैसला सुनाएको थियो । २०६८ साल असोज २५ गते तामाङसहित सोही ठाउँबस्ने मैते तामाङ र धने तामाङको समूहले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भिर घाइते बनाएको भन्दै उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ज्यान मार्ने उधोगमा मुद्धा दायर भएको थियो ।फरार प्रतिवादीहरु मध्ये तामाङलाई सोमबार पक्राउ गरी मंगलबार आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *