निर्माणाधीन घर भत्किदा एक जनाको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी, बर्दिया, समाचारदाता, कार्तिक २० गते।

निर्माणाधीन घर भत्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।बर्दियाको गुलरिया नगरपालिका-५ मातङ्गगी चोक नजिकै रहेको दुर्गा गेष्ट हाउसका संचालक अन्दाजी ५५ वर्षीय भविप्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।घाइते हुनेहरुमा बढैयाताल गाउँपालिका-९ शक्तिनगरका ३४ वर्षीय मनकराम थारु र सोही ठाउँका १६ वर्षीय नवराज चौधरी रहेका छन् । उनीहरु मजदुर हुन् ।घाइते दुवैजनालाई बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होम लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।नेपालगञ्ज राजापुर हुलाकी सडक खण्डको बाटो विस्तार गर्ने क्रममा सडक छेउछाउमा रहेका घर तथा संरचना भत्काउने कार्य चलिरहेको थियो । सोही क्रममा आधा भत्काइएको घरको पडाडिबाट निर्माण भइरहेको घरको दोस्रो तला भत्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *