अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, कार्तिक २१ गते।
सिरहामा कुल्हारी प्रहार गरेर एक युवकले श्रीमतीको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका २ शैलेशका रामबाबु पासवानले २६ वर्षीया श्रीमती कविता पासवानको बन्चरो प्रहार गरी बुधबार हत्या गरेका हुन् ।घरायसी विवादका कारण रामबाबुले मादक पदार्थ सेवन गरी श्रीमतिी कविता माथि बन्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारबाट गम्भीर घाइते घाइते कवितालाई उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो प्रहरीले जनाएको छ ।बन्चरो प्रहार गर्ने रामबाबु फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।