अनलाईन न्युजपाटी,काठमाडौँ, समाचारदाता, कार्तिक २० गते।
ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ बल्खु भञ्ज्याङमा सोलार प्यानलको ब्याट्री पड्किएर बुधबार बिहान आगलागी भएको छ ।आगलागीबाट कर्ण बहादुर राईको घर र घरभित्र रहेको सामानहरु जलेर क्षति हुँदा २ लाख ८० हजार मुल्य बराबरको धनमाल जलेर नषट भएको प्रहरीले जनाएको छ । आगलागीबाट राईको घर जलेर क्षति हुनुका साथै लत्ताकपडा, मोवाइल ३ थान र नगद १० हजार रुपैयाँ समेत जलेर नष्ट भएको छ ।स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।