बारामा प्रहरी र स्थानीय बासिन्दाबीच बुधबार राति झडप

अनलाईन न्युजपाटी,बारा,समाचारदाता, कार्तिक २१ गते।

बारामा प्रहरी र स्थानीय बासिन्दाबीच छठको लागि निर्माण गरिएको छठी माताको मूर्ति हटाउने विषयमा बुधबार राति झडप भएको छ ।बाराको कलैया उपमहानगरपालिका १५ को बकुलहर टोलमा छठी माताको मूर्ति हटाउने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा करिब एक दर्जन घाइते भएका छन् ।झडपमा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीसहित सात जना प्रहरी घाइते साथै केही स्थानीय पनि घाइते भएका छन् । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।छठ पर्व अगाडि नै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छठ सकिनेवित्तिकै मूर्ति हटाउने सहमति भएको थियो तर स्थानीयले नहटाएपछि प्रहरीले हटाउन खोज्दा झडप भएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *