धनुषामा चितुवाको छालासहित ३ जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २३ गते।

धनुषामा चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । धनुषाको धनौजी गाउँपालिकास्थित गोरदाहामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक मोटरसाइकलमा सवार ३ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छर ७.५ फिट तथा लम्बाई ४.४५ फिट चौडाइ भएको पाटे चितुवाको एक थान छाला, यमाहा कम्पनीको एफजेड मोटरसाइकल एक थान, १३ हजार  ४ सय ५५, सुनको औँठी एक थान र मोबाइल २ थान बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।अवैध रुपमा पाटे चितुवाको छालाको चोरी निकासीमा संलग्न रहेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वड्क नम्बर ५ बस्ने २८ वर्षका सुनिल ढुङ्गेल, ३९ वर्षका शिवकुमार महतो  र धनुषाको धनौजी गाउपालिका वडा नम्बर ४ बस्ने  ३६ वर्षका जयराम मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।सशस्त्र प्रहरी बल नम्बर ८  धनुषाको गण धनुषा हेडक्वार्टरबाट खटेको ६ जनाको स्क्वाइट टोलिले चेकजाचको क्रममा बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *