अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता,कार्तिक २४ गते।
इटहरी १ स्थित हलगडामा कुकुरको कुर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यलयले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले. खुकुरी आतंक मच्चाएर घर पालुवा कुकुरको हत्या गरेका थिए । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए ।कुकुर हत्याको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले सन्दिप राई,विशाल माझी र मनोज भण्डारीलाई पक्राउ गरेको हो । मोहनका छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका थिए ।बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउदै बुवा मोहनले पछि आक्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको प्रहरीले बताएको छ ।