अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक २६ गते।
प्रहरीले विराटनगरबाट एक थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ का २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङ रहेका छन् । विराटनगर महानगरपालिका-१५ मा सोमबार राति पैदल हिँड्दै गरेका गुरुङलाई शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।