१५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते।

१५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो । तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ । कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।उनका अनुसार पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *