कञ्चनपुरमा कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै प्रर्दशन

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर १गते।

कञ्चनपुरमा शनिबार राती भएको मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका पीडितका परिवारलाई क्षतीपूर्ती  र कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै प्रर्दशन गरिएको छ।उनीहरुले कुटपिट गर्ने प्रहरीमाथि कारवाहीको माग गर्दै ईप्रका झलारी घेराउ गरेका हुन् । पीडित पक्षलाई सान्त्वना दिनुको सट्टा मदिरा सेवन गरी आएका प्रहरीले आफुमाथि कुटपिट गरेको उनीहरुको गुनासो छ ।मृतक रानाका बाबु भक्ता रानाले छोरा गुमाएको पीडासँगै प्रहरीको मुक्का र लाठी प्रहार सहनुपरेको बताउँछन् । उनले आफुसहित रामचन्द्र राना र उमेश रानालाई समेत प्रहरीले कुटपिट गरेको बताए ।पीडित पक्षले घटनास्थलमा बरामद गरेको मोबाइल प्रहरी अधिकारीको भएको पृष्टी भएको छ । उक्त नम्बरको मोबाइल पीडित पक्षले इप्रका झलारीमा कागज गरेर बुझाएका छन् ।पीडित पक्षले प्रहरीमा बुझाएको उक्त नम्बर तत्तकालिन अञ्चल प्रहरी कार्यालय कैलालीका एसएसपी देव बहादुर बोगटीको भएको झलारी प्रहरीले पुष्टी गरेको छ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा शनिबार राति ट्रक र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *