भारतबाट तस्करी गरेर नेपाल भित्र्याइएको एक ट्रक प्याज सशस्त्र प्रहरी बलको नियन्त्रणमा

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, मंसिर २गते।

भारतबाट तस्करी गरेर नेपाल भित्र्याइएको एक ट्रक प्याज सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ ।भारतसँग सीमा जोडिएको रौतहटको पश्चीमी नाका औरैया, बंकुलबाट तस्करी गरी रौतहटको फतुवा विजयपुरमा पुर्‍याइएको करिब दश टन प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो । फतुवा विजयपुर नगरपालिका-७ को डुमरीयामा अवैध रुपमा ना२ख ६३०४ नम्बरको ट्रकमा लोड गरी लैजादै गरेको १९१ बोरा प्याज सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जानकारी दिएको ।प्याजको मूल्य वृद्धि भएपछि भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । भारतीय बजारमा सस्तो पर्ने प्याज नेपाली बजारमा भने महङ्गोमा बिक्री हुने भएकोले सीमा क्षेत्रमा प्याज तस्करी बढेको छ ।रौतहटको पश्चीमी नाका बंकुल, औरैया, रामपुरखापलगायतका स्थानबाट तस्करी बढेको छ भने पूर्वी नाका बेलबिछवाबाट समेत मरिच, मटर, मदिरालगायतका साम्रगीको तस्करी बढेको छ ।सशस्त्र प्रहरीले बरामद गरको प्याज र ट्रकको मूल्यसमेत गरेर ३४ लाख ५५ हजार कायम भएको ११ नम्बर गण हेड क्वाटरमा प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *