मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,बाजुरा,समाचारदाता, मंसिर २ गते।

जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ ।मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ जना गरी ५९ जनालाई एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।मदिरा सेवन गरेर होहल्ला गर्ने उनीहरुलाई सम्वन्धित स्थानीय तहमामदिरा सेवन अन्तरगतको जरिभाना पछि छोडिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गएको कार्तिक महिनामा पनि ५३ जना मदिरा सेवन गरि होहल्ला गर्नेलाई कारवाही गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *