नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आजदेखि पोखरामा शुरु हुने

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर ४ गते।

नेपाल र भारतबीच सीमा सुरक्षा बैठक नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आजदेखि पोखरामा शुरु हुने भएको छ ।तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ । सुरक्षा स्रोतका अनुसार अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा बैठक केन्द्रित हुनेछ ।भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे बैठकमा छलफल नहुने स्रोतले बतायो ।सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान छ । यद्यपि, नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकिरहेको छैन । ०६९ सालयता जम्मा तीनपटक मात्रै नेपाल-भारत सीमा सुरक्षा बैठक बसेको छ ।२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक पोखरामा बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *