३ किलो ५ सय ग्राम लागू औषध, चरेश सहित दुई जना प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, मंसिर ५ गते।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह आरआईटीले ३ किलो ५ सय ग्राम लागू औषध, चरेश सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साझ लागू औषध सहित भीमदत्त नगरपालिका १८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३का महेश विष्टलाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरुलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रनानी जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *