इटहरीमा महिला उद्यमशील मेला लाग्ने

अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, मंसिर ५ गते।

इटहरीमा महिला उद्यमशील मेला लाग्ने भएको छ । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा राष्ट्रिय उद्यमशील महिला मेला लाग्ने भ एको हो । मंसीर २५ गते देखि पुष ९ गते सम्म मेला लाग्ने आयोजकले जनाएको छ ।उद्यमशील महिलाहरुद्धारा उत्पादीत बस्तुहरुको बजारीकरण साथै प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
पूर्वमा दोस्रो पटक ब्यवसायीक मेलाको तयारीमा महासंघ रहेको नेपाल उद्यमशील महिला महासंघकी केन्द्रीय अध्यक्ष देबिका बुढाथोकीले बताईन । मेलामा ४४ जिल्लाका उद्यमी महिलाहरुको स्टल रहने रहन्छ बुढाथोकीले भनिन् ।इटहरी प्रदेशकै जक्सन भएको कारण इटहरीमा मेला लाग्ने उनको भनाई थियो । स्टलमा महिलाहरुले बनाएका हस्तकालाका समान साथै खाध्यान्न गुन्द्रुक , साथु, मस्यौरा,अचार लगायतका सामानहरु स्टलमा राखिने अध्यक्ष बुढाथोकीले बताईन । १५ दिने उक्त मेलामा साना उद्यमीहरुलाई बढी प्राथमिकता दिईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *