अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर ६ गते।
सिरहामा हतियारसहित एकजना पक्राउ परेको छ। सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी पर्साहीका २१ वर्षीय अहमद मियाँ पक्राउ परेको हो ।उनको साथबाट २ थान पेस्तोल र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ परेका मियाँलाई सिरहाको कल्याणपुर नगरपालिका २ चतरीघाटबाट मेड ईन युएसए लेखेको ७ एमएमको स्वचालित पेस्तोल र त्यसको खाली म्यागजिन एक थान त्यस्तै प्रहरीलाई हेरेर खेतमा फालेको फेट्री ब्राटा युएसए ९ एमएम लेखेको स्वचालित स्वचालित पेस्तोल र त्यसको खाली म्यागजिन एक थान बरामद गरेको सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।पक्राउ परेको मियाँलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।