लागूऔषध कारोबारीमा संलग्न भारतको बेतिया घर बताउने राकेश शाह पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ६ गते।

 बिहीबार बिहान साँखु प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई गोप्य सूचना प्राप्त हुन्छ ‘ठूलै मात्रामा चरेसको कारोबार हुँदैछ ।’ उनले तत्कालै टोली खटाउँछन् । र, लागूऔषध कारोबारीमा सङल्गनको पहिचान हुन्छ भारत बेतिया घर बताउने राकेश शाह ।सामान उपलब्ध गराउने योजना बनाइरहेका साहले चढेको बा९६प ९८५३ नम्बरको बाइक साँखु इन्द्रेणी चोकमा नरोकिएपछि प्रहरीले उनको पिच्छा गर्दै जान्छ । फलो गर्दै प्रहरी टोली माकलवारी पुग्छ । साहले आफ्नो मोटरसाइकल रोक्छन् । मोटरसाइकल रोक्नेबित्तिकै साहमाथि प्रहरीले खानतलासी लिन्छ । खानतलासीको क्रममा साहको साथबाट अन्दाजी १ किलो लागुऔषध बरामद गरेको छ । पन्थीले भने, ‘साहको साथबाट १ किलो पोल्यान्ड बरामद भएको छ ।’साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समयअघि साँखु प्रहरीले १७ बर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार व्यक्तिलाई पनि यसरी नै पक्राउ गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *