मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुस सहित रंगेहात पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर ६ गते।

मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।मण्डललाई कार्यालयमाथि थप अनुसन्धान गरिरहेको छ ।उनी यसअघि धनुषाको मालपोत र भूमिसुधार कार्यालय धनुषाको प्रमुख थिए । यहाँबाट सिरहा सरुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *