लागूऔषधसहित दुई युवक पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, मंसिर ११ गते।

लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने भगवानपुर गाउँपालिका ५ लालपुरबाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।ठाडी भन्सार र इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ वर्षीय सन्जयकुमार यादव रहेका छन् ।लागूऔषध डाइलेक्स डि सि – १५ बोतल, डाइजिल्याप -१८ एम्पुल, र्प्रोमे थिन हाइड्रइड -१८ एम्पुल, नोरफिन-१९ पिस र नाइट्रोभेट -३० पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी अपीलराज बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *