उदयपुरमा एक बालक मृत भेटिए

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर १४ गते।

उदयपुरमा एक बालक मृत भेटिएका छन् । जिल्लाको लिम्चुङबुङ गाउँपालिका ३ बाराहा सिम्ले गैराका भरत मगरका १० वर्षिय छोरा गणेश मगर मृत फेला परेको हो ।
शुक्रबार दिउँसो धारापानी जंगलमा गाउँका केटाकेटीहरु घाँस काट्न गएका केटाकेटीहरुले देखेपछि गाउँलेलाई खबर गरेको लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाइँले जानकारी दिए । उनका अनुसार विगत ४ वर्षदेखि मानसिक सन्तुलन ठिक नभएका बालक गत मंसिर ८ गते घरबाट बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *