अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदाता, मंसिर १५ गते।
कावासोती नवलपरासी वडा नं. ८ खरकट्टा जंगल स्थित पुर्व पश्चिम राजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएका एकजना वेवारिसे व्यक्तिको मृत्यु भएको छ । गत बुधबार बुलेकी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बा १४ च ६९४९ नं. को कारले अन्दाजी ५० वर्षीय पैदल यात्री पुरुष व्यक्तीलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए। उनको हालसम्म नाम थर वतन नखुलेको प्रहरीले जनाएको छन्।घाइतेलाई उपचारको लागी नवलपुर अस्पतालमा लगीएको थियो । उनको उपचारको क्रममा हिजो बिहान मृत्यु भएको थियो।