अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर १५ गते।
पोखरा–२० को मौजामा ढिस्कोले पुरिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् ।पोखरा महानगरपालिका-२० का वडाध्यक्ष सीम गुरुङले महानगरको कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको बताए ।ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्ट्मार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो ।