मोरङको खोर्साने चोकबाट गाँजा सहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, मंसिर १५ गते।

मोरङको सुन्दरहरैचा नगपालिका–१० खोर्साने चोकबाट गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, १९ बर्षीय विकास धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन । हिजो साँझ प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीको टोलीले मोटरसाईकलमा आउँदै गरेका तिनै जनालाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट गाँजा फेला परेको हो । उनीहरुको साथबाट प्रहरीले ३ किलो ४ सय ग्राम गाँजा फेला पारी उनीहरुलाई नियनत्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *