अनलाइनमार्फत ठगीमा संलग्न दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर १७ गते।

अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै आएका विज्ञापनप्रति कतै तपाई आकर्षित भइरहनु भएको त छैन ? यदि त्यस्ता विज्ञापनप्रति आकर्षित भइरहनुभएको छ भने सावधान ! तपाईं ठगिन सक्नु हुन्छ ! प्रहरीले अनलाइनमार्फत ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार लगायतका सामान सस्तोमा पठाइदिने भन्दै भारतीय मोबाइलबाट विज्ञापन गरी ठगी गरिरहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।उनीहरुले एक महिनाको अवधिमा ८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ ।यस्ता घटना दोहोरिन सक्ने भन्दै प्रहरीले समयमै सचेत र सजग हुन सबैलाई आग्रहसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *