अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर २९ गते।
कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र पुनर्वासमा चोरीपैठारीको कार सहित अबैध मालसमान बरामद गरेको छ ।जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास स्थित विभिन्न सीमावर्ती स्थानबाट शनिबार कार , लत्ता कपडा र दलहन बरामद गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलिले पुनर्वास नगरपालिका ११ स्थित डोकेबजारबाट यु पि १४ एपि ४४५६ नम्बरको रातो कार बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका कार्यवाहक इन्चार्ज प्रहरी नायव निरीक्षक गोपाल बोहराले बताए ।शनिबार नै प्रहरीले पुनर्वास नगरपालिका ६ स्थित गाउँ बाट ३ क्विन्टल चना बरामद गरेको प्रहरी नायव निरीक्षक बोहराले बताए ।