पर्साबाट ५ जना शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, मंसिर २९ गते।

प्रहरीले पर्साबाट ५ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । वीरगञ्ज–१८ बस्ने २० बर्षीय फुलमह्मद मियाँ, २० बर्षकै नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथौल १९ बर्षीय एजाजुल देवान, १९ बर्षीय अली हुसेन देवान र २१ बर्षीय इजाजुल मियाँ पक्राउ परेका हुन् ।वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई शनिबार पक्राउ गरिएको थियो । तर उनीहरु पक्राउ परेको बारे प्रहरीले आइतबार दिउँसो मात्रै सार्वजनिक गरेको थियो ।शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *