नक्कली सवारी चालक अनुमति पत्रसहित मकवानपुरबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ३० गते।

नक्कली सवारी चालक अनुमति पत्रसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।रौतहट विजयपुर नगरपालिका वडा नं ९ बस्ने २६ वर्षीय रोमियो कालिकोटेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।हेटौं‌डा कान्तिराजपथ सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन्। ना ६३ प २०१२ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट नक्कली सवारी चालक अनुमति पत्र प्राप्त बरामद गरिएको प्रहरीले जनाएको छ।उनलाई नियन्त्रणमा लिई लिखत कीर्ते मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *