अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष १ गते।
शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका – ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो तर, केही बेरमै उनको ज्यान गयो ।चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले शौचालयमा लडेका कारण ज्यान गएको बताए । ‘बाहिर चोट छैन भित्र हुन सक्छ’ उनले भने, ‘शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।