डोटीमा रहेको प्रभात मावि देहीमाण्डौका लेखापाल टंकप्रसाद ओझामाथि कुटपिट

अनलाईन न्युजपाटी,डोटी,समाचारदाता, पौष १ गते।

डोटीको आदर्श गाउँपालिका ४ मा रहेको प्रभात मावि देहीमाण्डौका लेखापाल टंकप्रसाद ओझामाथि कुटपिट भएको छ । नेकपाका स्थानीय कार्यकर्ता महेश ओझाले उनीमाथि कुटपिट गरेका हुन् । 
पीडित ओझाका अनुसार महेशकी छोरी मुना मेमोरियल नामक बोर्डीङमा पढ्ने गरेको तर उनले प्रभात माविको अभिभावकहरुको नामावलीमा आफ्नो नाम राख्न भनेपछि ओझाले विरोध गरेका थिए । मादक पदार्थ सेवन गरेका उनले बाटोमा हिड्दै गरेका लेखापाल ओझालाई काम छ भनी बोलाएको र टाउकोका ढुंगा प्रहार गरेको बताइएको छ ।‘उनको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बन्ने मन थियो, त्यसैले उनले असारदेखि मलाई अभिभावकको सुँचीमा नाम राख्न दबाब दिंदै आएका थिए’ ओझाले भने ‘नाताले भान्जा पर्ने उनको कोही पनि विद्यालयमा पढदैनन । ‘मंसिर २९ गते गाउँपालिकाका इन्जीनियरको विहेको पार्टीबाट फर्किरहेको थिए, बाटोमा उनी मलाई कुरेर बसेका रहेछन् । पहिलेबाट सबै विद्यालयमा नेकपाको चल्छ, त्यो विद्यालयमा किन नचल्ने पख तलाई देखाउछु भनेर धम्की दिइरन्थे। त्यो दिन मौका पाए र कुटपिट गरे ।’ टाउकोमा गम्भिर चोट लागेपछि उनले प्रहरीमा निवेदन गरेका थिए। निवेदनपछि प्रहरीले महेश ओझालाई नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छोडेको पीडित ओझाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *