झापामा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,झापा,समाचारदाता, पौष ९  गते।

झापामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाका ५३ वर्षीय बहादुरसिंह राजवंशीको कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।सोमबार राति घरमा एक्लै सुतेका राजवंशी बिहान नउठेपछि गाउँलेले गएर हेर्दा मृत फेला परेका थिए । राति खाटमा सिरक नओढी सुतेका उनको चिसोका कारण मृत्यु भएको वडाध्यक्षले बताए ।श्रीमती विदेश र छोराछोरीहरु मावल गएपछि उनी घरमा एक्लै बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *