बिराटनगर समाचारदाता अनलाईन न्युजपट्टी,साउन २३ ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पर्ने इनरुवा ४ मा एक भारतीय ट्रकले मोटर साईकलललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । साथै मोटरसाईकलमा पछाडी सवार एक जना गम्भीर घाईते भएको ट्राफीक कार्यालय इटहरीले जानकारी दिएको छ ।
पुर्बबाट पश्चिमतर्फ जादै गरेको भारतीय ट्रकले पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को १९ प १७३ नं को मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक सुनसरी इनरुवा १ बस्ने बर्ष २९ को राम शर्माको घट्नास्थलमै मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार इनरुवा ९ बस्ने बर्ष ४० को मदन मेहता गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालयले ट्रक र चालक भारत उतर प्रदेश जिल्ला बाह्रबंशि बस्ने बर्ष २४ को तोसेल मियालाई नियन्त्रणमा लिएको छ ।