मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

अनलाईन न्युजपाटी सुर्खेत  समाचारदाता, साउन २८।

 मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै सोमबार बिहान स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन ।

उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सभापति झक्क शाहीले बताए ।

आफ्ना मागहरू पूरा नगरेसम्मका लागि तालाबन्दी जारी रहने बताइएको छ । विद्यार्थी संगठनहरूले विश्वविद्यालयका हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरूको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग गरिएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै साउन १ गते रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए ।

आफ्ना मागहरू पूरा नभए मंगलबारदेखि विश्वविद्यालयका पदाधिकारिहरूको सवारी साधनमा अनिश्चितकालका लागि रोक लगाउने सभापति शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *