प्रदेश सरकारद्धारा संबिधान दिवश मनाउने तयारी

अनलाईन न्युजपाटी,बुटवल  ,समाचारदाता भदौ ३०   गते।

प्रदेश नम्बर पाँचको सरकारले आगामी असोज २, ३ र ४ गते तिन दिनसम्म भब्य रुपले चौथो संबिधान दिवश २०७६ मनाउने निर्णय गरेको छ । संबिधान दिवशलाई राष्ट्रिय दिवशका रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपले मनाउने संघिय सरकारको घोषणालाई आत्मसाथ गर्दै प्रदेश सरकारले पनि तिन दिनसम्म भब्य रुपले मनाउने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव संकर प्रसाद खरेलले संबिधान दिवशलाई भब्यताका साथ मनाउन प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्सीय समिति गठन गरिएको जानकारी गराउदै सो कार्यमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।प्रदेशका सबै सरकारी कार्यालय, मुख्य चोकहरु र घरघरमा नेपाली झण्डा फहराउने, बिद्यालय स्तरिय कबिता बाचन, साँस्कृतिक कार्यक्रम, रक्तदान, बृक्षारोपण लगाएतका कार्यक्रमहरु गरिने सचिव खरेलले बताए ।घोषित कार्यक्रम अन्तर्गत असोज २ गते पहिलो दिन सरसफाई,३ गते बिभिन्न भेष–भुषा सहितको झाँकी,बाजा गाजा सहितको रयाली प्रदर्शन गर्ने र बुटवल मण्डपमा बिशेष कार्यक्रम गर्ने तय भएको छ ।असोज ४ गते सामाजिक विकास मन्त्रालयको अगुवाइमा बुटवल र भैरहवामा रक्तदान गर्ने,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको अगुवाइमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।मुल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख लगाएतको उपस्थिती रहने तथा तिनैदिन साँझ प्रदेशभर दिपावली गरिने पनि सचिव खरेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मन्त्रालयका उप सचिव रबी सिं धामी,बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा लगायतले कार्यत्रलमको तयारी बारे थप प्रष्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *