उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका जाने

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असोज १  गते ।  

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका जाने भएका छन् । सेप्टेम्बर २२—२३ मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका जान लागेका हुन् । आज ९.३० बजे मन्त्री यादव अमेरिका जाने तयारीमा रहेका छन् ।डेङ्गु प्रकोपले विकाराल रुप लिइरहेकै बेला स्वास्थ्यमन्त्री यादव पुन विदेश भ्रमणमा जान लागेका हुन् । स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै चर्को विरोध भैरहेको छ ।   वैशाखबाट सुरु भएको प्रकोप अहिले ५६ भन्दा धेरै जिल्लामा फैलिसकेको छ भने ६ जनाको निधन भइसकेको छ । सो प्रकोप नियन्त्रण गर्न निःशुल्क उपचारको विकल्प खुल्ला राखिएको मन्त्रालयले जनाएपनि अहिलेसम्म त्यसको कार्यन्वयण हुन सकेको छैन । मन्त्री यादव भने दशैको मुखमा नेपाल फर्कने छन् । मन्त्रालयलले जारी गरेको विज्ञिप्तअनुसार  मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *