अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।
सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो।सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सातै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।