अनलाईन न्युजपाटी,वीरगञ्ज ,समाचारदाता,कार्तिक १७ गते।
पर्सा प्रहरीले परवानीपुर बजारबाट मालवाहक ट्रकको व्याट्री चोर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।आइतबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीको गस्तीटोलीले वीरगञ्ज महानगरपालिका-२१ का २१ वर्षीय दिनेश साह तुरहालाई पक्राउ गरेको हो । परवानीपुर बजारमा पार्किङ गरी राखेको ना.६ प ६५६६ नं.को ट्रकबाट तुरहाले १२ भोल्टको २ थान ब्याट्री चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।