नेपाल आउँदै बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २६ गते।

मोहम्मद अब्दुल हमिद बंगलादेशका राष्ट्रपति नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् ।परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ ।५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् । परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने तय भएको छ ।हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने परराष्ट मन्त्रालयले जनाएकाे छ ।भ्रमणको दौरानमा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने सेड्युल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *