अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, मंसिर ४ गते।
प्रदेश–२ का सांसद ओमप्रकाश शर्मामाथि आक्रमण भएको छ । बुधबार बिहान आदर्शनगरमा नेपाली कांग्रेसका पर्सा अध्यक्ष भोला साह कलवारको समूहले उनि माथि हातपात गरेको जनाइएको छ ।अहिले शर्माको नारायणी अस्पतालमा उपचार भइरहेको छ । शर्माको समूहले आक्रमण गरेर घाइते बनाएको भन्दै साह पनि त्यही अस्पतालमै उपचार गराइरहेका छन् ।