प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमण: जहाजको जाने आउने टिकट सरकारले काटिदिने र उपचार खर्च चाही आफैंले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भएका छन्।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनीसँगका गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना सहभागी छन्।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण सुरू हुनेछ। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम छ। यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड गएका थिए।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्कने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *