अनलाईन न्युजपाटी, जनकपुरधाम समाचारदाता,साउन २४।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषाको बरमझिया आउने भएका छन् । भदौ २ गते हुने महान शहीद रामवृक्ष यादव ‘मास्टर साहेब’को स्मृतिसभालाई सम्बोधन गर्न प्रचण्ड बरमझिया आउन लागेका हुन् ।
शहीद यादवको २५ औँ स्मृतिसभामा प्रमुख अतिथिको रुपमा सहभागी भई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा धनुषाका सचिव दिपक यादवले बताए । सचिव यादवका अनुसार अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रमका लाग वशेष तयारी भईरहेको छ ।
अध्यक्ष प्रचण्डल सँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव, नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साह लगायतका नेताहरु धनुषाको बरमझिया पुगी शहीद यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव यादवले जनाए ।
तत्कालीन नेकपा माओवादीले जनयुद्धको तयारी गर्दैगर्दा शहीद यादवको २०५१ भदौ २ गते राज्य पक्षले निमर्मपूर्वक हत्या गरेका थिए ।