कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए

अनलाईन न्युजपाटी, पोखरा   समाचारदाता , साउन ३२। 

नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरिएको प्रशिक्षणमा देउवाले अब पनि दुई पार्टीको रुप देखाउन नहुने बताए । एमाले र माओवादी दुईवटा पार्टी मिलेर एक बनिरहँदा सिंगो पार्टी रहेको कांग्रेस दुईवटा देखिएको उनले बताए ।चुनावमा टिकट एउटाले पाउँछ, टिकट पाउनेलाई हराउने काम गर्न पाइदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ’ उनले भने । सभापति देउवाले अहिलेको सरकारले बिस्तारै बिस्तारै एकदलीय व्यवस्थाको सुरुवात गर्न थालेको बताए । सरकारले ल्याएका केही विधेयकको संसदमा विरोध गरेकैले फिर्ता गराएपनि सरकार एकदलिय शासन लाद्न चाहेको उनले बताए । सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको पनि देउवाले बताए ।कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई पहिलो बनाउन चुनौती रहेको बताए । जनताले अहिले कांग्रेसलाई भरोसा गरेको पार्टीको रुपमा खोजेको पौडेलको भनाई छ ।पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए । उनले नयाँ चेतनाको झन्डा बोकेर अघि बढ्न सक्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीमा घात प्रतिघात हुन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *