अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज ८ गते ।
नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।