रवि शास्त्री फेरि पनि भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा चयन

अनलाईन न्युजपाटी,एजेन्सी समाचारदाता, साउन ३२

भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पनि रवि शास्त्री चयन भएका छन् ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार शास्त्रीलाई पुनः जिम्मेवारी दिइएको जनाएको छ ।सन् २०१७ देखि मुख्य प्रशिक्षक रहेका ५७ वर्षीय शास्त्रीले अब सन् २०२१ सम्म भारतीय टिम सम्हाल्नेछन् ।भारतले राष्ट्रिय क्रिकेट टिमका लागि आवेदन खुला गरेलगत्तै दुई हजार बढीले मुख्य प्रशिक्षकका लागि आवेदन दिएपनि अन्तिम दौडमा ६ जना रहेका थिए ।कपिल देवको चयन कमिटीले दोस्रो नम्बरमा माइक हसन र तेस्रो नम्बरमा टम मुडीलाई राखेको थियो ।शास्त्रीको प्रशिक्षणमा भारतले हालै इंग्ल्यान्डमा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *