अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु

अनलाईन न्युजपाटी,भदौ १५ गते ।

एजेन्सी : अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १६ जना घाइते भएका छन् ।  ओडेसा सहरको प्रहरीले जनाएअनुसार बन्दुकधारीले सबैभन्दा पहिला ट्राफिक प्रहरीले गाडी रोकेका कारण त्यहाँ गोली चलाएको थियो । त्यसपछि एउटा पोस्टल ट्रक लिएर मिडल्याण्ड सहरमा गएर उसले अन्धाधुन्ध गोली चलाएको थियो । प्रहरीले निजालाई सिनेमा कम्प्लेक्समा छिरेको बेलामा गोली चलाएर मारेको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति करिब ३५ वर्षको गोरो अनुहारको रहेको छ । शनिबार भएको यो घटनाको उद्देश्य प्रष्ट छैन । हिजोको हमलाको चार हप्ता पहिला पनि टेक्सासमा बन्दुकधारीले अल पासो शहरमा गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *