शक्तिशाली भूकम्पले पाकिस्तान प्रशासित कस्मिरमा ३७ को मृत्यु, ५०० घाइते

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता असोज ८ गते।

मंगलबारको भुकम्पले पाकिस्तान प्रशासित ‍आजाद कस्मिरमा ३७ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन्। मृत्यु हुने सबै मिरपुर जिल्लाका रहेको अधिकारीहरूले बताएका छन्। मंगलबार पूर्वी पाकिस्तानको मिर्जापुरलाई केन्द्रविन्दु बनाइ ५.८ म्याग्निच्युडको भुकम्प गएको थियो। भूकम्पको धक्का राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि महशुस गरिएको थियो। भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।प्रभावित क्षेत्रमा सरकारले उद्धार र राहतको कार्य जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *